जनता टाइम्स

७ आश्विन २०७६, मंगलवार १८:०४

अमेरिका–बेलायत–जापानसहित नेपाली बसोबास गर्ने १२ देशमा दशैंको टिका लगाउने साइत सार्वजनिक


काठमाडौं, असोज ७ । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपाली बसोबास भएको १२ देशमा टिकाको साइत सार्वजनिक गरेको छ । विभिन्न देशहरुबाट दशैंको टिकाको शुभसाइतबारे जिज्ञासा आएपछि समितिले आज ती दशैंको टीकाको साइत सार्वजनिक गरेको हो । समितिले हरेक देशको स्थानीय समयअनुसार टीका लगाउने साइतसमेत उल्लेख गरेको छ ।