जनता टाइम्स

२५ फाल्गुन २०८०, शुक्रबार १३:०३

पाकिस्तानमा पनि मनाइदैँछ शिवरात्री, शिवरात्री मनाउन ६२ भारतीय हिन्दु लाहौंर


इस्लामबाद, २५ फागुन । मुस्लिम राष्ट्र पाकिस्तानमा महाशिवरात्रि पर्व हर्षोल्लासका साथ मनाइँदैछ । त्यहाँको महाशिवरात्रि पर्वमा सहभागी हुनका लागि गत बुधबार भारतबाट ६२ हिन्दूहरु वाघा सीमा नाका हुँदै लाहोर पुगेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन । इवेक्यू ट्रस्ट प्रपर्टी बोर्डका प्रवक्ता आमिर हाश्मीले समाचार एजेन्सीसँग कुरा गर्दै यस सम्बन्धमा जानकारी दिनुभएको हो ।

‘महाशिवरात्रि पर्वमा सहभागी हुन भारतबाट कुल ६२ हिन्दू तीर्थयात्री लाहोर आइपुगेका छन,‘ईटीपीबीले लाहोरमा आयोजना गरिरहेको महाशिवरात्रिको मुख्य समारोह लाहोरबाट करिब ३०० किलोमिटर टाढा रहेको चकवालको ऐतिहासिक कटासराज मन्दिरमा मार्च ९ मा आयोजना गरिने छ ।’ प्रबत्ता हासमीका अनुसार यस कार्यक्रममा राजनीतिक, सामाजिक र धार्मिक नेताहरुको सहभागिता रहनेछन ।

उहाँका अनुसार वाघामा विश्वनाथ बजाजको नेतृत्वमा आएका हिन्दुहरुलाई धार्मिक स्थलका अतिरिक्त सचिव राणा शाहिद सलिमले स्वागत गरेका थिए । पाकिस्तानमा बनेको यो कटास राज मन्दिरलाई हिन्दूहरूले पवित्र मान्ने कटास नामक पोखरीले घेरेको छ। यो मन्दिर पाकिस्तानको पञ्जाब प्रान्तको पोतोहर पठार क्षेत्रमा अवस्थित छ । आफ्नी पत्नी सतीको मृत्युपछि शोकमा पृथ्वीमा भौंतारिरहेका शिवको आँसुबाट मन्दिरको पोखरी बनेको जनविश्वास छ ।