जनता टाइम्स

२५ फाल्गुन २०८०, शुक्रबार १३:२२

बैशाख ८–९ मा एमाले महाधिवेसन प्रतिनिधि परिषदको बैठक


काठमाडौं, २५ फागुन । नेकपा एमालेले महाधिवेसन प्रतिनिधि परिषदको बैठक बोलाउने भएको छ । आज बसेको सचिवालय बैठकले सो परिषदको बैठक बोलाउने निर्णय लिएको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगमी बैशाख ८ र ९ गते महाधिवेसन प्रतिनिधि परिषद बैठक राख्ने र बैशाख १० गते पार्टी स्थापना दिवस भब्य रूपमा मनाउने निर्णय पनि गरेको छ ।