काठमाडौं, २५ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन तथा पूजा गर्नुभएको छ । आज शिवरात्रिको अवसरमा राष्ट्राध्यक्षको रुपमा उहाँले पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजा गर्नुभएको हो । शिवरात्रिमा राष्ट्राध्यक्षले पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजा गर्ने प्रचलन रहेको छ ।
पूजा आराधनापछि पशुपतिनाथ मन्दिरका मूल भट्टबाट राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गर्नुभयो । राष्ट्रपति पौडेल पशुपतिनाथ मन्दिर प्राङ्गणमा आउँदा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, कोषका सदस्य सचिवलगायतले स्वागत गर्नुभएको थियो ।
महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने परम्परा छ । पशुपतिनाथ मन्दिरमा अहिले पनि दर्शनका लागि हजारौंको सङ्ख्यामा भक्तजन लामबद्ध छन् । महाशिवरात्रिको अवसरमा शुक्रबार बिहान ३ बजेदेखि चारवटै ढोका खुला राखिएको छ ।













प्रतिक्रिया दिनुहोस्