काठमाडौं, फागनु २७ । सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न गठबनधन दलबीच राजनीतिक संयन्त्र बनाइएको छ ।
सरकारका न्युनतम साझा कार्यक्रम तय गर्न सत्ता गठबन्धनमा सहभागी ५ दलबाट २-२ जना सदस्य रहने गरी आइतबार १० सदस्यीय राजनीतिक संयन्त्र बनाइएको हो ।
संयन्त्रमा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र मुकुल ढकाल, जनता समाजवादीबाट राजेन्द्र श्रेष्ठ र मनिष सुमन, एकीकृत समाजवादीबाट घनश्याम भूसाल र प्रमेश हमाल रहनुभएको छ ।
सो संयन्त्रको पहिलो बैठक आजै सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको छ । सबै दलबाट आएका धारणा समेटेर सरकारका प्राथमिकता तय गर्न मस्यौदा बनाउने निर्णयसहित एमाले उपमहासचिव रिमाललाई मस्यौदाको जिम्मेवारी तोकिएको छ । रिमालले मस्यौदा तयार पारेपछि संयन्त्रको आगामी बैठकमा त्यसलाई पेस गरेर अन्तिम रुप दिने गठबन्धनको तयारी छ ।













प्रतिक्रिया दिनुहोस्