जनता टाइम्स

२७ फाल्गुन २०८०, आईतवार १८:३२

कांग्रेसले युवराज शर्मालाई राष्ट्रियसभा अध्यक्षमा उम्मेदवार बनाउने


काठमाडौं, २७ फागुन । नेपाली कांग्रेसले राष्ट्रियसभाको अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने भएको छ । आज बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा हुँदैछ । ७३ वर्षीय शर्मा २०७८ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको हो । २०३३ मा नेपाली काग्रेस बाँके जिल्लाको सचिव हुनुभएको उहाँ २०४५ देखि २०४९ सालसम्म बाँकेकै सभापति हुनुहुन्थ्यो ।