काठमाडौं, फागुन २८ । नेकपा एमाले धादिङ–काठमाडौ सम्पर्क मञ्चको अध्यक्षमा कमल थापा मगर सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।
शनिबारबाट सुरु भएको सम्पर्क मञ्चको १२औं सम्मेलनले आज मगरको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरेको हो । सम्मेलनले उपाध्यक्षमा होमप्रसाद (केदार) जमकट्टेल र सुभद्रा थापा निर्वाचित हुनुभएको छ ।
यसै गरी सचिवमा नारायण आचार्य तथा उपसचिवमा क्रमशः प्रतिमा सिलवाल कँडेल र एकराज सेढाईँ निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा कमल श्रेष्ठ सर्वसम्मत हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्