काठमाडौं, २९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्दै सोहीअनुसार मत दिन आफ्ना सांसदहरुमा ह्विप जारी गरेको हो ।
प्रधानमन्त्री प्रचण्डले संसदमा आफूलाई विश्वासको मत दिन भन्दै प्रस्ताव राख्ने दिन अनिवार्य उपस्थित हुन र प्रचण्डलाई विश्वासको मत दिन रास्वपाले ह्विप जारी गरेको हो । प्रधानमन्त्री प्रचण्डले भोली बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्