बैतडी, फागुन २९ । नेकपा एमाले बैतडीको अध्यक्षमा नरेश बिश्वकर्मा चयन हुनुभएको छ । आज सम्पन्न नवौं जिल्ला अधिवेशनबाट बिश्वकर्मा सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो ।
अधिवेशनबाट उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचिवमा हजारी साउद तथा उपसचिवमा हर्क धानुक र पार्वती भट्ट चयन हुनुभएको छ । उद्योग बाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीको गृहजिल्ला बैतडीमा भण्डारीकै पहलकदमीमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।
सर्वसम्मत नेतृत्व चयनका लागि इञ्चार्ज निरु पाल र मन्त्री भण्डारीको सुझबुझपुर्ण निर्णयले काम गरेको हो । बैतडीमा चर्चित महिला नेतृ पाल इञ्चार्ज हुनुहुन्छ । एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री भण्डारीले जिल्लामा सवै नेता–कार्यकर्तासँग समान ब्यवहार प्रदर्शन गर्दै आएकोले कुनै पनि गुट उपगुट खडा नभएको कारण सर्वसम्मत नेतृत्व चयन भएको हो ।
प्रतिक्रिया दिनुहोस्