धनगढी, २९ फागुन । कैलालीको धनगढीबाट लागूऔषधसहित एक किशोर पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–२ ब्यारेलबाट ८ सय ५० मिलिग्राम लागूऔषधसहित किशोर पक्राउ परेका हुन् । धनगढी उपमहानगरपालिका–१ का १८ वर्षीय किशोरलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनको नाम गोप्य राखिएको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।













प्रतिक्रिया दिनुहोस्