जनता टाइम्स

२९ फाल्गुन २०८०, मंगलवार २२:४५

दुर्घटनामा पर्यो दाङबाट काठमाडौं जाँदै गरेको रात्रीबस


कपिलबस्तु, फागुन २९। दाङको तुलसीपुरबाट काठमाडौं जाँदै गरेको रात्रिबस दाङ र कपिलवस्तुको सीमा क्षेत्रमा दुर्घटनामा परेको छ । सोबस मंगलबार राति दुर्घटनामा परेको हो ।

दुर्घटना भएको राजमार्ग ट्राफिक प्रहरी कार्यालय बुटवलले पुष्टि गरेको छ । प्रहरी घटनास्थल जाँदै गरेको र फोन सम्पर्क नभएकोले घटनाको विवरण एकिन नआएको प्रहरीले जनाएको छ ।