जनता टाइम्स

२९ फाल्गुन २०८०, मंगलवार २३:३१

रहेनन मधेशका स्थापित कम्युनिष्ट नेता धर्मनाथ


काठमाडौं, फागुन २९ । नेपाली कम्युनिष्ट आन्दोलनका पुराना नेता धर्मनाथ यादवको निधन भएको छ । मधेस प्रदेशका स्थापित नेता यादवको आज निधन भएको हो ।

यादवले लुम्विनी प्रदेश प्रमुखको जिम्मेवारीसमेत सम्हाल्नु भएको थियो । प्रदेश प्रमुखका रुपमा यादवले अभिभावकीय भूमिका निर्वाह गर्नुभएको एमाले महासचिव एवं लुम्बिनी प्रदेशका संस्थापक मुख्ममन्त्री शंकर पोखरेलले बताउनु भएको छ ।