काठमाडौं, फागुन ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभामा बिश्वासको मत लिनुहुने भएको छ ।
सत्ता गठबन्धन परिवर्तन भएलगत्तै नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले आज बिश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा यो तेस्रो पटक बिश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्री दाहालले एकै कार्यकालमा तेस्रो पटक बिश्वासको मत लिन लाग्नुभएको हो । यसअघि उहाँले अर्काे गठबन्धनतिर लागेकै कारण दुई पटक बिश्वासको मत लिइसक्नु भएको छ ।
२०७९ मंसिरमा सम्पन्न निर्वाचनपछि २०७९ पुस १० गते नेकपा एमालेसहितका दलहरुसँग गठबन्धन बनाएर प्रधानमन्त्री बन्नुभएका दाहालले बिश्वासको मत पाएलगत्तै भएको राष्ट्रपति निर्वाचनमा कांग्रेस नेतृत्वको पुरानै गठबन्धनतिर लागेपछि एमालेले समर्थन फिर्ता लिएपछि दोस्रो पटक बिश्वासको मत लिनुभएको थियो । अहिले पुनः एमाले नेतृत्वको गठबन्धनमा आएपछि एकै कार्यकालमा तेस्रो पटक बिश्वासको मत लिन लाग्नुभएको हो ।
प्रधानमन्त्री दाहालले कांग्रेससँग सरकार चलाउन असहज भएपछि गत फागुन २१ गते कांग्रेस नेतृत्वको गठबनधन तोडेर नेकपा एमाले नेतृत्वको ५ दलीय नयाँ गठबन्धनमा आवद्ध हुनुभएको छ । नयाँ गठबन्धनमा एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी पार्टी रहेका छन । सत्ता गठबन्धनसँग प्रतिनिधिसभामा १ सय ५० मत रहेको छ ।
एमालेबाट सभामुख देवराज घिमिरे र हाल कारागारमा रहनुभएका टोपबहादुर रायमाझीबाहेक ७६, माओवादीका ३२, रास्वपाका २०, जसपाका १२ र नेकपा एकीकृत समाजवादीका १० सांसद रहेका छन । यसैबीच सत्ता गठबन्धनको प्रमुख दल नेकपा एमाले र माओवादीसहित ५ वटै दलले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन ह्विप जारी गरेका हुन ।
यस्तै नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता रञ्जीता चौधरीले पनि प्रधानमन्त्रीलाई बिश्वासको मत दिने निर्णयसहित ह्वीप जारी गर्नुभएको छ । यद्यपी सो दलका संरक्षक रेशमलाल चौधरीले बिपक्षी गठबन्धनमा रहेको भन्दै अर्कै बिज्ञप्ति जारी गराउनु भएको छ । ।
प्रतिक्रिया दिनुहोस्