काठमाडौं, ३० फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबारे फिँजाइएको झुठको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।
आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावबारे सम्बोधन गर्दै उहाँले केही दिनअघिसम्म देशमा केही भएको छैन र अब फेरि राम्रै छ भन्ने राजनीतिक दल र नेताबाट कांग्रेसबारे फिँजाइएको झुठको अब अन्त्य गर्नुपर्ने बताउनुभयो ।
निर्वाचनका बेला जनतासँग गरेको बाचा विर्सिएर प्रधानमन्त्री प्रचण्डले आज केका लागि विश्वासको मत मागेको भन्दै उहाँले प्रश्न गर्नुभयो । पुरानो गठबन्धन तोडेर नयाँ बनाउँदा जनतासँग गरेको बाचा प्रधानमन्त्री प्रचण्डले भुलेको उहाँको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्