जनता टाइम्स

३० फाल्गुन २०८०, बुधबार १५:४१

नेपाललाई पराजित गर्दै पिएनजीले जित्यो टी–२० सिरिज


काठमाडौं, ३० फागुन । नेपालले पिएनजीसँग लज्जास्पद हार बेहोरेको छ । हङकङमा जारी टी–२० सिरिजको फाइनल नेपाल पिएनजीसँग ८६ रनले पराजित भएको हो । पिएनजीले दिएको १७२ रनको लक्ष्य पछाएको नेपालले १६.३ ओभरमा अल आउट हुँदै ८५ रन मात्र बनाएर अलआउट भएको थियो । नेपालका लागि सन्दीप जोराले सर्बाधिक १७ रन बनाएका थिए भने आरिफ सेखले १५ र कप्तान रोहित पौडेलले १२ रन बनाएका थिए ।

यो बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए । त्यसैगरी पिएनजीका लागि काबुआ मोरिया, चाद सोपेर, सेमो कामिया र सेसे बाउले २–२ विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पिएनजीले २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनाएको थियो ।

पिएनजीका लागि ओपनर टोनी उराले सर्बाधिक ६१ रन बनाएका थिए भने आलेई नाओले ३० रन बनाए भने हिला भारेले १८, हिरी हिरीले १५, किप्लिन डोरिगाले १४ र चाद सोपेरले १३ रन बनाएका थिए । त्यस्तै नेपाली बलर आकास चन्द र कुशल भुर्तेलले ३–३ विकेट लिएका थिए भने करण केसी र गुलशन झाले एक–एक विकेट लिएका थिए ।
यो जितसँगै पिएनजीले त्रिकोणात्मक टी(२० सिरिजको उपाधि जितेको छ ।