काठमाडौं, फागुन ३० । नवनियुक्त तीन प्रदेशका प्रमुखहरुले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शीतलनिवासमा आज आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त प्रदेश प्रमुखहरुले शपथ लिनुभएको हो ।
शपथ लिनेमा सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ, मधेश प्रदेश सुमित्रा भण्डारी सुवेदी र गण्डकी प्रदेशमा डिल्लीराज भट्ट हुनुहुन्छ । उहाँहरुलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिश गरेको थियो ।
सरकारको सिफारिशअनुसार राष्ट्रपति पौडेलले आज नै तीन वटै प्रदेशका प्रमुखलाई बर्खास्त गरी नयाँ प्रदेश प्रमुखलाई नियुक्त गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्