काठमाडौं, चैत १ । सरकारले यस बर्षको गणतन्त्र दिवसका अवसरमा कैद मिनाहा र छुट दिइएका ४८२ जनाको नामावली सार्वजनिक गरेको छ । गत २०८० जेठ १५ गते कैद छुट दिइएको करिव १० महिनापछि सरकारले नाम सार्वजनिक गरेको हो ।
नेपालको संविधानको धारा २७६, फैजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ को नियम तीन र ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद छुट दिएकाको नामावली राजपत्रमा प्रकाशित भएको हो ।
रमेश थलङ भन्ने हेमबहादुर थलङसमेत ४८२ जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा भएको राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ । यस अघि कैद छुट तथा मिनाहा पाउनेको नामावली कारागार व्यवस्थापन विभागले सार्वजनिक गर्ने गरेको भए पनि व्यक्तिको गोपनियताको हकलाई ख्याल गरेर वेवसाइटमार्फत सार्वजनिक गर्न रोकेको छ ।
जसमा ७५ जना कर्तव्य ज्यान मुद्दाका कैदी बन्दीलाई सरकारको सिफारिसमा राष्ट्रपतिले कैद छुट दिनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्