काठमाडौं, चैत १ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मृगौला बचाउने बिषयमा आफ्नो अनुभव शेयर गर्नुभएको छ ।
बिश्व मृगौला दिवसको अवसरमा आज बिहानै सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष ओलीले मृगौला जोगाउने बिषयमा आफ्नो अनुभवसहित सुझाव शेयर गर्नुभएको छ । आफै मृगौलाको समस्याबाट पीडित रहनुभएका ओलीले सानो गल्तीले नै मृगौला खराव हुने भन्दै सचेतना अपनाउन आग्रह गर्नुभएको छ ।
एमाले अध्यक्ष ओलीले दोस्रो पटक मृगौला प्रत्यारोपन गरिसक्नु भएको छ । ‘मिर्गौला दिवससँग मेरो भावनात्मक अनुभूति छ । किनभने मैले दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु,’ अध्यक्ष ओलीले भन्नुभएको छ, ‘हाम्रो सानो लापर्वाहीले मिर्गौला बिग्रिन सक्छ । जब मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ। प्रत्यारोपण गर्नु धेरै जटिल काम हो ।’
ओलीको भनाई जस्ताको तस्तै
शुभ बिहानी !
आज विश्व मिर्गौला दिवस । मिर्गौला दिवससँग मेरो भावनात्मक अनुभूति छ । किनभने मैले दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु ।
हाम्रो सानो लापर्वाहीले मिर्गौला बिग्रिन सक्छ । जब मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ । प्रत्यारोपण गर्नु धेरै जटिल काम हो । डाइलासिस गरेर रोकथाम गर्नु पनि झन्झटिलो छ । हामी सरकारमा हुँदा डाइलासिस निःशुल्क गर्ने कार्यक्रम ल्याएका थियौं । मिर्गौला जोगाउन हामी आफैं सजग हुनुपर्छ, डाइलासिस त अल्पकालीन रोकथाम मात्र हो । स्वास्थ्यप्रति सचेत बनौं, मिर्गौला जोगाऔं !
प्रतिक्रिया दिनुहोस्