जनता टाइम्स

१ चैत्र २०८०, बिहीबार १७:०५

संघीय निजामती सेवा विधेयक पेस


काठमाडौं, १ चैत । प्रतिनिधिसभामा निजामती सेवा विधेयक, २०८० पेस भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले उक्त विधेयक पेस गरेका हुन् ।

गत २१ फागुनमा संघीय संसद् सचिवालयमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको उक्त विधेयक दर्ता भएको थियो ।