जनता टाइम्स

१ चैत्र २०८०, बिहीबार १९:१९

दार्चुलामा जीप दुर्घटना


दार्चुला, १ चैत । दार्चुलामा जिप दुर्घटना हुँदा एक जना घाइते भएका छन् । आज लेकम गाउँपालिका–५ स्थित चौपातामा सुदूरपश्चिम प्रदेश ०१–००१ ज १४८९ नम्बरको जिप दुर्घटना भएको हो । जिप सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो ।

उक्त दुर्घनामा परेर गाडीमा सवार रहेका अन्दाजी २४ वर्षीय धनबहादुर बोहरा घाइते हुनुभएको छ । उहाँको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

गाडीमा चालकसहित ४ जना सवार रहेकोमा अन्य सबै सकुशल रहेको प्रहरीले जनाएको छ । गाडी अनयन्त्रित भएर दुर्घटना भएको हो ।