काठमाडौं, चैत १ । सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम तय गर्न बनेको कार्यदलको बैठक शुक्रवार बस्ने भएको छ । अर्थ मन्त्रालयमा आज बसेका कार्यदलको अनौपचारिक बैठक शुक्रवार पुनः बस्ने गरी सकिएको हो ।
अर्थमन्त्री वर्षमान पुन संसद बैठकमा व्यस्त भएपछि कार्यदलको बैठक अनौपचारिक रूपमा मात्रै बसेर सरेको हो । अर्थमन्त्री बर्षमान पुन संसदमा व्यस्त रहेका कारण कार्यदलको बैठक औपचारिक रूपमा बसेन ।
अनौपचारिक रूपमा छलफल गरेर भोलि पुनः बैठक बस्ने निर्णय गरिएको कार्यदल सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार बिहान ९ बजे बैठक बसेर मस्यौदलाई अन्तिम रूप दिने निर्णय भएको छ ।
नयाँ गठबन्धनको कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति वाग्ले र महासचिव डा. मुकुल ढकाल, जसपाबाट राजेन्द्र श्रेष्ठ र मनिष सुमन तथा नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल सदस्य रहनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्