काठमाडौं। चैत २ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाउनु भएको छ ।
प्रतिवेदन बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहालले, कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदन कार्यान्वयनको ग्यारेन्टी गर्न, जुनसुकै दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउन र प्रतिवेदनले औंल्याएका सुधारका पक्षमा पनि तत्काल काम अघि बढाउन गृहमन्त्रीलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री लामिछानेले प्रतिवेदन कार्यान्वयनबारे आन्तरिक परामर्श थाल्नुभएको छ । लामिछानेले आजै यससम्बन्धमा मन्त्रलयका सचिव र प्रहरी प्रमुखसँग परामर्श थालेर प्रतिवेदनलाई कार्यान्वयन गर्ने बताउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्