जनता टाइम्स

२ चैत्र २०८०, शुक्रबार १९:१५

सुन तस्कर जोगाउने सिआइवी प्रमुख एआइजी बज्रचार्यको सरुवा, थप कार्वाहीको तयारी


काठमाडौं, २ चैत । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको सरुवा गरिएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले बज्राचार्यको सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताउनुभयो । बज्राचार्यलाई सीआईबीबाट नेपाल प्रहरी कार्यालय, कार्यविभागमा सरुवा गरिएको छ । बज्राचार्यको ठाउँमा प्रहरी अतिरिक्त महानिरीक्षक श्याम ज्ञवालीलाई ल्याइएको छ ।

यसअघि उहाँ प्रहरी प्रधान कार्यालयमा कार्यरत हुनुहुन्थ्यो । सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्को बैठकले बज्राचार्यको सरुवा गरेको हो । सुन तस्करीको अनुसन्धान गर्दा सीआईबीले केही व्यक्तिलाई जोगाएको जाँचबुझ आयोगले औंल्याएको थियो ।