जनता टाइम्स

४ चैत्र २०८०, आईतवार १६:१८

कांग्रेसले सरकार ढाल्ने योजनामा गृहमन्त्रीमाथि प्रहार गरिरहेको छ : महेश बर्तौला


काठमाडौं, ४ चैत । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले सरकार ढाल्ने योजनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि पूर्वाग्राही भएर लागेको आरोप लगाउनुभएको छ ।

आज संघीय संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले कांग्रेस गृहमन्त्री लाछिानेमाथि प्रहार गरेर वर्तमान सरकार ढाल्ने योजनामा लागेको आरोप लगाउनुभएको हो ।

कांग्रेसले २८ दिनभित्र सरकार ढाल्ने अभिव्यक्ति दिइरहेको बताउँदै उहाँले सहकारी तथा सुन तस्करी प्रकरणमा दोषी देखिएकालाई कारबाही हुने दाबी गर्नुभयो । सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोगले दिएको प्रतिवेदनको पूर्ण कार्यान्वयन हुने दाबी गर्दै उहाँले दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।