जनता टाइम्स

४ चैत्र २०८०, आईतवार १७:४७

देशमा आएको संकट समाधानका लागि कांग्रेस–एमाले एक हुनुपर्छ : बद्री पाण्डे


काठमाडौं, ४ चैत । नेपाली काँग्रेसका सांसद बद्रि पाण्डेले देशमा आएको संकट समाधानका लागि कांग्रेस–एमाले एक हुनुपर्ने बताउनुभएको छ । आज संघीय संसदन भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले देशमा आएको संकट समाधान र व्यवस्थाको औचित्यमाथि उठेका प्रश्नको जवाफ दिन कांग्रेस–एमाले एक हुनुपर्ने बताउनुभएको हो । यद्यपि, कांग्रेस वर्तमान प्रधानमन्त्री हटाएर नयाँ सरकार बनाउने पक्षमा नरहेको उहाँको भनाइ छ ।

सरकार परिवर्तन नगरी देशमा आएका संकटको समाधानका लागि कांग्रेस–एमाले मिल्नुपर्ने सांसद पाण्डेको विचार छ । व्यवस्थाको औचित्यमाथि नै मानिसहरुले प्रश्न उठाउन थालेकोले कांग्रेस–एमाले एकजुट हुनुपर्नेमा जोड दिएका उहाँले अहिलेको राजनीतिक व्यवस्थाको कांग्रेस–एमाले संस्थापक पार्टी भएकाले यसप्रति उठेका प्रश्नको जवाफ दिनुपर्ने बताउनुभयो ।