बझाङ, ४ चैत । बझाङमा आज गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा दुईजना घाइते भएका छन् । खप्तडछान्ना गाउँपालिकाबाट तमैलतर्फ आउदै गरेको से १ च १३३६ नम्बरको जिपमाथि ढुङ्गा खसेको हो ।
घाइतेहरुको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । घटनाको पुर्ण विवरण आउन बाँकि रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्