जनता टाइम्स

४ चैत्र २०८०, आईतवार १८:४२

महिला पत्रकारको दक्षता बढाउँदै प्रेस चौतारी


काठमाडौं, ४ चैत । प्रेस चौतारी नेपालले ‘समाचार कक्षमा पत्रकार महिलाको नेतृत्व’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । ‘समृद्धिका लागि सञ्चार कर्म, प्रेस चौतारीको मूल मर्म’ नारा सहित चैत ५ गते दिउँसो १ः३० बजे अन्तरक्रिया गर्न लागेको हो ।

प्रेस चौतारी नेपालले महिला पत्रकारको क्षमता र दक्षता बढाउनका लागि अन्तरक्रिया कार्यक्रम गर्न लागेको उपाध्यक्ष देविका घर्ति मगर गुरुङले बताउनुभयो ।