जनता टाइम्स

४ चैत्र २०८०, आईतवार २३:०४

यी हुन् अध्यक्षका उम्मेद्वार एमाले कार्यकर्ताका प्रिय अशोक


कञ्चनपुर, ४ चैत । नेकपा एमाले कञ्चनपुरको नयाँ नेतृत्वका लागि दुई जनाबीच मतदान हुने भएको छ । सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि अध्यक्षमा अशोककुमार चन्द र लक्ष्मी बुढालगायत पुरै कमिटीमा मतदान हुने भएको हो । भोलि बिहान ८ बजेदेखि मतदानको समय तोकिएको छ ।

खासगरी नेतृत्व भन्दा पनि नेता बीच सहमति हुन नसक्दा कञ्चनपुर एमालेमा मतदान हुन लागेको कार्यकर्ताको भनाई छ ।यही चैत्र १ गतेदेखि जिल्लाको महेन्द्रनगरमा सुरु भएको नवौँ अधिवेशनको उद्घाटन शत्रपछि नियमित रुपमा नेताहरुबीच सहमतिको प्रयास भएको थियो ।

तर आफ्नाको नाम हुँदा सहमति मान्ने अर्कोको नाम आउँदा सहमत नहुने नेताहरुको अडानले पदाधिकारीसहित सदस्यमा मतदान हुन लागेको हो ।जिल्ला अधिवेशन निर्वाचन कमिटीका सदस्य वेदप्रकाश उपाध्यायका अनुसार पदाधिकारीसहित सदस्य पदमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली समेत प्रकाशित भइसकेको छ ।

समाचार स्रोतका अनुसार अध्यक्षका उम्मेदवार अशोककुमार चन्दलाई नेता भन्दा कार्यकर्ताको समर्थन छ । उहॅालाई केन्द्रीय सदस्य कमला बोहरा, निवर्तमान प्रदेश सचिवालय सदस्य तथा प्रदेश सांसद बीरबहादुर थापालगायत कार्यकर्ताको बलियो समर्थन रहेको छ । अर्का उम्मेदवार लक्ष्मी बुढालाई भने नेतापंक्तिको ठूलो साथ छ ।

पोलिटब्यूरो सदस्य राजेन्द्र रावल, निरुदेवी पाल, नारदमुनी राना, केन्द्रीय सदस्य नरबहादुर धामी, इन्दु कडरिया, कृपाराम रानालगायतका नेताहरू उहॅाको पक्षमा हुनुहुन्छ ।आठौं अधिवेशसनबाट अध्यक्षमा निर्वाचित शुरेन्द्र विष्टलाई भिमदत्त नगरपालिकाको मेयर हुँदा भ्रष्टाचार गरेको मुद्दा लागेपछि उहॅालाई पार्टीले बर्खास्त गर्दा कार्यवाहक अध्यक्षको भूमिकामा रहनुभएको बुढाले नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको, गुट बाहेकको नेता बन्न नसकेको आरोप लागेको थियो ।

उहॅा अध्यक्ष भए कञ्चनपुरमा नेकपा एमाले खोज्नु पर्ने अवस्थामा पुग्ने डर रहेको कार्यकर्ताको भनाई छ । पार्टी अध्यक्षमा आउने व्यक्ति समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने, सबै गुट-उपगुट मिलाएर लैजान सक्ने हुनुपर्ने उनिहरूको माग छ ।

यता अध्यक्षका उम्मेदवार अशोककुमार चन्द वेदकोट नगरपालिकाको मेयर हुँदा जनताको मन जितेको, आफ्नो पालामा एउटा पनि भ्रष्टाचारको मुद्दा नखेपेको, सबै पार्टी र समुदायसँग समन्वय गर्न सक्ने सरल व्यवहारको भएका कारण एमालेको अध्यक्ष उहॅालाई बनाउन पालिकास्तरबाटै ठूलो दबाब रहेको बुझिएको छ ।

यी दुई उम्मेदवारबीच निर्वाचन हुने पक्का भएको छ । निर्मवाचन हॅुदा मतका आधारमा अशोक नै जित्ने प्रबल सम्भावना देखिएपछि नेतापंक्ति भने जसरी पनि लक्ष्मीकै नाममा सहमतिको प्रयास गरिरहेको बुझिएको छ ।