जनता टाइम्स

४ चैत्र २०८०, आईतवार २३:०२

एमाले कैलाली अध्यक्षमा अशोक चन्द दाबेदारी


काठमाडौं, ४ चैत । नेकपा (एमाले) कैलालीको जिल्ला अधिवेशनमा नेतृत्वका लागि अशोक चन्दले दावेदारी प्रस्तुत गर्नुभएको छ । यसअघि पार्टीको विभिन्न तहको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै आउनु भएको चन्दको दावेदारीलाई शसक्तरूपमा हेरिएको छ । उहाँले शनिबार मात्र अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।

चन्द पार्टीको इमान्दार, निर्भिक र जुझारु कार्यकतामा पर्नुहुन्छ । २०५६ साल यता पार्टीका हरेक गतिविधिमा संलग्न चन्द ‘शाही कु’ लगायत विभिन्नि आन्दोलनका क्रममा २७ पटक पक्राउ परेर हिरासतमा रहनु भएको छ । खेलकुदमा विशेष रुचि राख्ने चन्द आफै कराँटेका पूर्व खेलाडीसमेत हुनुहुन्छ । खेलकुद क्षेत्रको जिल्लादेखि केन्द्रसम्मको विभिन्न तहको नेतृत्व सम्हाल्नु भएका चन्दको उम्मेदवारीप्रति खासगरी युवाहरू उत्सुक रहेको देखिएको छ ।

गाउँ कमिटी सदस्यदेखि प्रदेश कमिटी सदस्यसम्मको जिम्मेवारीमा रहिसक्नु भएका चन्दको चन्द जिल्ला पार्टीको नेतृत्वमा पगेर कैलालीमा एमालेको सांगाठानिक जीवनमा कायाँपटल गर्ने योजना सुनाउनुहुन्छ । २०५६ सालमा दैजी गाउँ कमिटीको सदस्य भए यता उहाँले झण्डै एक दशक सो कमिटीको प्रमुखको जिम्मेवारी वहन गर्नुभएको थियो ।

गाउँ कमिटीबाट माथि उक्लने क्रममा उहाँले २०६० सालमा जिल्लाको युवा विभागको सदस्यको जिम्मेवारी पाउनुभयो । त्यसपछि २०६३ मा पार्टी क्षेत्रिय कमिटी सदस्य, २०६६ मा जिल्ला कमिटी सदस्य निर्विरोध, २०६८ देखि ०७८ सम्म जिल्ला कमिटी सचिवालय सदस्यको जिम्मेवारी वहन गर्नु भएका चन्द त्यसपछि भने प्रदेश कमिटीमा उक्लनु भयो । अहिलेसम्म प्रदेश कमिटीको सचिवालय सदस्य रहनु भएका चन्दको एकपटक जिल्लाको नेतृत्वको जिम्मेवारी सम्हालेर योगदान पुर्याउने बताउनु हुन्छ ।

पदकै लागि पार्टी परिवर्तन गर्ने, हिजो आयो आजै पद खोज्नेभन्दा पार्टी जीवनमा जरैदेखि सबै तहको जिममेवारी निभाएकाले सबैको भावना र अफ्ठ्यारा बुझ्ने भएकाले पनि चन्दको अध्यक्षको उम्मेदवारी प्रतिस्पर्धिका लागि फलामको च्ूरा भएको बताइन्छ ।