जनता टाइम्स

६ चैत्र २०८०, मंगलबार १३:२८

देशमा सुशासन कायम गर्न कुनै पनि सम्झौता गर्दिनँ : प्रधानमन्त्री


काठमाडौं, ६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सुशासन कायम गर्न कुनै पनि सम्झौता नगर्ने बताउनुभएको छ । आकस्मिक, शून्य र विशेष समयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै आज बसेको प्रतिनिधिसभा बैठकमा उहाँले देशमा सुशासन कायम गर्न सम्झौता नगर्ने बताउनुभयो ।

विभिन्न प्रकरणमा देखिएका दोषीमाथि कारबाही प्रक्रिया भइरहेको सबैलाई अवगत भइरहेको भन्दै उहाँले दोषी नछुटून् र निर्दोष नपरून् भन्ने धेयसाथ सरकारले काम गरिरहेको बताउनुभयो ।