जनता टाइम्स

६ चैत्र २०८०, मंगलवार १८:२२

काठमाडौंमा तीन दिन संस्कृत सम्मेलन हुने


काठमाडौं, ६ चैत । काठमाडौंमा तीन दिने नेपाल–भारत संस्कृत सम्मेलन हुने भएको छ । आगामी चैत १४ देखी १६ गतेसम्म सो सम्मेलन हुनेछ । सम्मेलन बुढानिलकण्ठमा हुनेछ । नेपाल भारत अन्तराष्ट्रिय संस्कृत सम्मेलनमा नेपाल र भारतका संस्कृतका बिज्ञ, जानकारहरू उपस्थिति रहने छ । नेपाल र भारतको विकासमा संस्कृतको योगदान, दुवै देशका सांस्कृतिक, आध्यात्मिक र बौद्दिक बिकासको बिशिष्ट अध्ययन गरिने संयोजक प्रेमराज न्यौपानेले जानकारी दिनुभयो ।

‘नेपाल र भारतका संस्कृतका बिद्दानहरूले आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन भने संस्कृत भाषाको उत्थान र प्रचारमा र सो भाषाको बैज्ञानिक पक्षका बारेमा जानकारी दिने कार्य गरिनेछ’ उहाँले भन्नुभयो । नीति प्रतिष्ठान नेपाल, केन्द्रिय संस्कृत विश्वबिधालय, नयाँ दिल्ली र इन्डिया फाउन्डेसनसहित तीन संस्थाको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । यसअघि नेपालमा २०२४ सालमा, २०५१ साल, २०७५ र २०७६ सालमा यस्ता सम्मेलन भइसकेको छ ।