जनता टाइम्स

६ चैत्र २०८०, मंगलवार २२:४९

कञ्चनपुर एमालेको उदाहरणीय काम, आकांक्षीको त्यागले घोषणामा पनि आइपुगे अध्यक्ष ओली (फोटोफिचर)


कञ्चनपुर, चैत ६ । नेकपा एमालेमा कञ्चनपुर जिल्ला सवैका लागि उदाहरणीय बनेको छ । सोमवार राती सम्पन्न नवौं जिल्ला अधिवेशनमा अध्यक्षका आकांक्षी चारै जना सहमतिमा आइ पदाधिकारीमा बस्न सहमत भएर कञ्चनपुर एमालेले सवै जिल्लालाई आग्रह पूर्वाग्रह त्याग्दा सहमति हुने र सवै नेताको पालो आउने सन्देश दिएको हो ।

आकांक्षीबीचको त्यागकै कारण कञ्चनपुरमा अध्यक्षका दावेदारमध्य निवर्तमान कार्यसमितिका कार्यबहाक अध्यक्ष लक्ष्मी बुढा अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । यस्तै अध्यक्षका आकांक्षीहरु जनकराज अवस्थी उपाध्यक्ष, पल्लवराज भट्ट सचिव र अशोक चन्द्र उपसचिवमा बसेर पदाधिकारीमै सर्वसम्मत बनाउने काम गर्नुभएको छ । अध्यक्षमा अधिवेशनबाट ५ पदाधिकारीमध्य चार जना अध्यक्षकै आकांक्षीलाई अटाएर उपसचिवमा राजीव खड्कालाई समेटिएको हो ।

कञ्चनपुरको यो उदाहरणीय काम एमाले अध्यक्ष केपी शर्मा ओलीकै पहलमा भएको हो । अध्यक्ष ओलीले केन्द्रीय तहकै नेताहरुको गुटबन्दीमा हस्तक्षेप गर्नुभएपछि सर्वसम्मत नेतृत्व चयन भएको हो । सर्वसम्मत नेतृत्व चयन र अध्यक्षका सवै आकांक्षी कमिटीमा समेटिएपछि अध्यक्ष ओली उदघाटन गरेर फर्किएपछि घोषणामा समेत आफै आइपुगनु भयो । उहाँको उपस्थितिले कञ्चनपुर एमालेमा थप उर्जा पैदा भएको छ ।