जनता टाइम्स

८ चैत्र २०८०, बिहीबार १९:२६

विनोद चौधरी श्रीलंका प्रस्थान


काठमाडौं, ८ चैत । नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरी श्रीलंका प्रस्थान गरेका छन् । बाँसबारी जग्गा प्रकरणमा बिहीबार बिहान सरकारी वकील कार्यालयमा बयान दिएपछि चौधरी श्रीलंका प्रस्थान गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार चौधरी बिहीबार दिउँसो १ः५७ को श्रीलंकन एयरलाइन्सको विमानमार्फत श्रीलंका गएका हुन् । उनी नियमित कामको शिलशिलामा विदेश गएको बताइएको छ ।