जनता टाइम्स

८ चैत्र २०८०, बिहीबार २२:४६

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ


काठमाडौं, चैत ८ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरिएको छ । प्रवर्तन निर्देशनालय (ईडी)को टोलीले मुख्यमन्त्री केजरीवाललाई आज पक्राउ गरेको हो ।

केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको ईडीको टोली बिहीबार मुख्यमन्त्री केजरीवालको घरमा पुगेको थियो । उहाँसँग दुई घण्टा लामो सोधपुछपछि पक्राउ गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

दिल्ली सरकारकी मन्त्री एवं आम आदमी पार्टीकी नेता आतिशीले केजरीवालको गिरफ्तारी बीजेपी र प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक षड्यन्त्र भएको बताउनु भयो । प्रधाानमन्त्री मोदीलाई कुनै एक नेताको डर छ भने उनी अरविन्द केजरीवाल हुन,’ उहाँले भन्नुभयो ।

दिल्लीको मदिरा नीतिलाई लिएर ईडीले केजरीवालमाथि छानबिन गर्दै आएको थियो । सोही बिषयमा पक्राउ गरिएको बताइएको छ ।