काठमाडौं, चैत ९ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतसहित ६ उपसचिवको सरुवा गरेको छ ।
मन्त्रालयले बिहीवार विभिन्न मन्त्रालय तथा स्थानीय तहमा कार्यरत उपसचिवको सरुवा गरेको हो । सरुवामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र डाँगीलाई दाङको तुलसीपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाइएको छ ।
यस्तै भूमि, व्यवस्था तथा गरिबी निवारण मन्त्रालयका उपसचिव चिरञ्जीवी पौडेललाई स्याङ्जाको पुतलीबजार नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ भने चितवनको राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेलाई जिल्ला समन्वय समिति सिन्धुलीमा सरुवा गरिएको छ । यसैगरी जिल्ला समन्वय समिति सिन्धुलीमा कार्यरत लुम्बनाथ पोखरेललाई मधेश प्रदेश प्रमुखको कार्यालयमा सरुवा गरिएको छ ।
यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव गेहेन्द्रनाथ शर्माको जिल्ला समन्वय समिति उदयपुरमा सरुवा गरिएको छ भने सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका भूपेन्द्र राईको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशमा सरुवा गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्