कालीकोट, ९ गते । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–६ स्थित तिला नदीमा एक किशोर बेपत्ता भएका छन् । विद्यालयबाट आयर तिला नदीमा माछालाई झरिउला हाल्न गएका अन्दाजी १५ वर्षीय गणेश शाहि नदिमा बेपता भएका हुन् ।
उनीसँगै नदीमा माछालाई झरिउला हाल्न गएका साथिका अनुसार ढुङगामा चिप्लियर गणेश बेपत्ता भएका हुन् । चिप्लिएको ठाउँदेखि तलसम्म बचाउन गुहार गरिरहेका थिए। तर नदी निकै खोज परेकाले बेपता भएका हुन् ।
प्रहरी चौकि गाल्जेका गगन रावतले तिर्थ वहादुर शाहिका छोरा बेपत्ता भएको र उनको खोजि भइरहेको बताउनुभयो । नदीमा प्रहरी चौकि खल्ला र गाल्जेको टोली सहित स्थानीयले किशोरको खोजि गरिरहेका छन् । बेपत्ता किशोर कालिका माध्यामिक विद्यालय खल्लामा कक्षा ९ मा अध्ययनरत थिए ।













प्रतिक्रिया दिनुहोस्