जनता टाइम्स

९ चैत्र २०८०, शुक्रबार १९:२६

लागूऔषध ब्राउन सुगरसहित एक पक्राउ


बर्दिया, ९ चैत । प्रहरीले लागूऔषध जस्तो देखिने खैरो धुलो पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । उक्त पदार्थ सहित गुलरिया नगरपालिका–१ का करिब २१ वर्षिय गगन बहादुर कँडेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गएराति मधुवन नगरपालिका–९ गाउँ नम्बर १२ का बिमला वलीको घरबाट रेडमी मोबाइल एक थानसहित ४ हजार नगद चोरी भएको जानकारी पाउना साथ प्रहरीले खोज तलास गर्दा कँडेलको घरबाट चोरी भएको मोबाइल, ५ सय ५० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ लगायत भारतीय सिम कार्डसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव डिएसपी तुल्सीराम अर्यालले जनाउनुभयो ।

पक्राउ गरिएका कँडेलमाथि आवश्यक कारवाही भइरहेको उहाँले बताउनुभयो ।