जनता टाइम्स

८ आश्विन २०७६, बुधबार १७:४८

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको त्यो दुर्लभ भेटबार्ता, यस्तो भयो कुराकानी


न्युयोर्क, असोज ८ । संयुक्त राष्ट्रसंघको महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका आउनु भएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटबार्ता गर्नुभएको छ ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसले आयोजना गर्नुभएको राजकीय दिवाभोजमा सरिक हुनेक्रममा राष्ट्रपति ट्रम्प र परराष्ट्रमन्त्री ज्ञवालीबीच संक्षिप्त भेटबार्ता भएको हो । सो अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति ट्रम्पलाई राष्ट्रपति बिद्यादेवी भण्डारीको तर्फबाट नेपाल भ्रमणको निम्तो दिनुभएको थियो ।

सो अवसरमा अमेरिकी राष्ट्रपति ट्रम्प र उहाँकी धर्मपत्नी मेलिना ट्रम्पका साथ परराष्ट्रमन्त्री ज्ञवाली र उहाँकी धर्मपत्नी सरस्वती ज्ञवालीले फोटोसमेत खिचाउनु भएको छ ।