जनकपुर, चैत १० । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सरकार पुनर्गठन गर्नुभएको छ । मुख्यमन्त्री यादवले शनिबार नेकपा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री थपेर सरकार पुनर्गठन गर्नुभएको हो ।
एमालेबाट राजकुमार लेखी गृह, सञ्चार तथा कानूनमन्त्री, शत्रुधनप्रसाद सिंह स्वास्थ्य तथा जनसंख्यामन्त्री, प्रमोद जयसवाल शिक्षा तथा संस्कृतिमन्त्री र केशव शिक्षा तथा संस्कृति राज्यमन्त्री नियुक्त हुनुभएको छ । उहाँहरुले आजै प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
नवनियुक्त शिक्षा तथा संस्कृतिमन्त्री जयसवालले स्वतन्त्र रुपमा चुनाव जित्नुभएको हो । उहाँ एमालेमा प्रवेश गरेपछि मन्त्री बन्न सफल हुनुभएको छ ।
नेकपा एमालेसहितको नयाँ सत्ता समीकरणअनुसार चैत ५ मा मुख्यमन्त्री यादवले कांग्रेसका तीन मन्त्रीलाई हटाएर एमालेलाई सरकारमा भित्र्याउनु भएको हो । एमालेबाट यसअघि दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त भइसक्नु भएको छ।













प्रतिक्रिया दिनुहोस्