उदयपुर, चैत १२ । मंगलवारदेखि सुरु हुने नेकपा एमाले उदयपुरको नवौंं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । नबौं जिल्ला अधिवेशन प्रचार प्रसार उपसमितिले पत्रकार सम्मेलनमार्फत लोगो सार्वजनिक गर्दै अधिवेशनको तयारी पूरा भएको जानकारी दिएको छ ।
अधिवेशनका लागि ७५ वटा वडा र २३ वटा जनसंगठन र सलाहकारबाट ६ सय ३२ जना प्रतिनिधि छनौट भईसकेको जिल्ला अध्यक्ष प्रमेश्वर घिमिरेले बताउनु भयो । चैत ६ गते सबै कमिटीबाट प्रतिनिधि छनौट भइसकेको अध्यक्ष घिमिरेले छनौट भएर आएका प्रतिनिधिहरुको अभिलेख राख्ने ९५ प्रतिशत भन्दा बढी कार्य सकिएको बताउनु भयो ।
अध्यक्ष घिमिरेका अनुसार नवौं जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व छनौट गर्ने तयारी भई रहेको छ । गतिशिल संगठन, क्रियाशील सदस्य विकासको संम्बाहक र समाजिक रुपमान्तरणमा नेकपा एमाले भन्ने मुलनाराका साथ सम्पन्न गर्ने एमाले उदयपुरले जनाएको छ ।
अधिवेशनको उद्घाटन बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले गर्नुहुने भएको जनाईएको छ । पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य अम्बिका थापा, उदयपुर सचिव कालुमान लामा, उपसचिव भरत बहादुर थापा, त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राई लगायतको उपस्थिती रहेको थियो । जिल्लाभर प्रतिनिधी छनौटको कार्य सम्पन्न भएसगै नेतृत्वमा दावी गर्ने नेताहरुले सक्रियता बढाएका छन ।
प्रतिक्रिया दिनुहोस्