काठमाडौं, १२ चैत । नेपाली कांग्रेसले राष्ट्रिय सभाको प्रमुख सचेतकमा कृष्ण बहादुर रोकायालाई मनोनित गरेको छ । कांग्रेस संसदीय दलका नेता तथा सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभाको मुख्य सचेतकमा सांसद रोकायालाई मनोनित गर्नुभएको हो ।
कांग्रेसको कर्णाली प्रदेशका महामन्त्री समेत रहेका रोकाया हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित हुनुभएको हो ।













प्रतिक्रिया दिनुहोस्