काठमाडौं, १२ चैत । जनता समाजवादी पार्टी नेपालले सत्तारूढ गठबन्धनमा तीन मन्त्री पाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः आज गरेको मन्त्रिपरिषद विस्तार पछि जसपाले तीन मन्त्री पाएको हो ।
जसअनुसार जसपावाट सांसद दीपक कार्की वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री प्रचण्डले कार्कीलाई राज्यमन्त्रीमा नियुक्त गरेकाले आजै शपथ गराउनुहुने भएको छ ।
नवनियुक्त राज्यमन्त्री कार्कीको शपथ अहिले केहि समयपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदबारमा हुँदैछ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारीमा पार्टी अध्यक्ष उपेन्द्र यादव र बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी नवलकिशोर साह सुढीले पाउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्