जनता टाइम्स

१२ चैत्र २०८०, सोमबार १६:०६

कान्ति बाल अस्पताल बन्यो सात बर्षीया बालिकाका लागि काल, उपचार नगरी मध्यराती फिर्ता पठाएकी शाहीको मृत्यू


काठमाडौं, चैत १२ । कान्ति बाल अस्पतालले उपचार नगरी फर्काएकी बागलुङ निसीखोलाकी सात वर्षीया बालिका सेन्जल शाहीको मृत्यु भएको छ । शाहीको चाबहिलस्थित नेपाल–भारत मैत्री अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको उपचारमा सहयोग गर्दै आउनु भएका बाग्लुङका पत्रकार राजु सुवेदीले जानकारी दिनुभयो ।

‘कान्ति बाल अस्पतालले उपचार नगरी फर्काएकी बागलुङ निसीखोलाकी सेन्जल शाहीको निजी अस्पतालमा उपचारकै क्रममा आइतबार राति निधन भएको छ,’ सुवेदीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘सेन्जललाई बचाउन उनको परिवार र अस्पतालका चिकित्सकले अनेक प्रयास गरेपनि सफल हुन सकेन ।’

गत मंगलबार राति पौने १२ बजे कान्ति बाल अस्पतालको इमर्जेन्सीमा उपचारका लागि पुर्याइएकी शाहीलाई कान्ति अस्पतालले भर्ना नै नगरी तीन दुई घन्टासम्म उपचार नगरी राखेर फिर्ता पठाएको थियो । सिकिस्त बालिकालाई भर्ना नै नगरी मध्यराती फर्काएपछि अस्पताल प्रशासनको चौतर्फी आलोचना भइरहेको छ ।

गम्भीर अवस्थाकी बालिकालाई पीआईसीयूमा राखेर उपचार गर्नुपर्ने भन्दै कान्तिका चिकित्सकले फिर्ता पठाएका थिए । त्यतिबेला अस्पतालमा पीआइसियू बेड खाली नभएको उनीहरूको दाबी छ । तर अस्पतालमा त्यसबेला दुई वटा बेड खाली रहेको सोही अस्पतालका कर्मचारीहरुको भनाई छ ।

गत मंगलबार राति पौने १२ बजे कान्ति बाल अस्पतालको इमर्जेन्सीमा उपचारका लागि पुर्याइएकी शाहीलाई कान्ति अस्पतालले भर्ना नै नगरी तीन दुई घन्टासम्म उपचार नगरी राखेर फिर्ता पठाएको थियो । सिकिस्त बालिकालाई भर्ना नै नगरी मध्यराती फर्काएपछि अस्पताल प्रशासनको चौतर्फी आलोचना भइरहेको छ ।

मंगलबार राति कान्तिले बालिकालाई फिर्ता पठाउँदा उनका अभिभावकले बालिकाको अवस्था गम्भीर भइसकेको भन्दै आईसीयू वा भेन्टिलेटरमा राखेर उपचार गर्न हारगुहार गरेका थिए । तर, अभिभावकको हारगुहारलाई बेवास्ता गर्दै त्यहाँका चिकित्सकले बालिकालाई बाहिर लैजान भन्दै भर्ना नगरी फिर्ता पठाएको थियो ।

सरकारी अस्पतालले फर्काइदिएपछि बाध्यताले निजी अस्पतालमा उपचार गर्नुपर्दा बालिकाका अभिभावकले थप ८ लाख ऋणसमेत बोक्नु पर्ने अवस्था सिर्जना भएको सुवेदीको भनाई छ । कान्ति बाल अस्पतालले बालिकालाई भर्ना नगरी पठाएको बिषयमा बागलुङकै पत्रकार एवं प्रेस चौतारी नेपालका उपमहासचिव राजु सुवेदीले मंगलवार राती नै घटनाबारे आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको थियो । सुवेदीकै पहलमा कान्तिबाट बालिकालाई नीजि अस्पताल लगेर भर्ना गरिएको हो ।

घटनाबारे सुवेदीले लेख्नुभएको छ, ‘कान्ति बाल अस्पातालले उपचार नगरी फर्काएकी बाग्लुंग निसीखोलाकी सेन्जल शाहीको निजी अस्पतालमा उपचारकै क्रममा आज (२०८० चैत ११) निधन भएको छ । सेन्जललाई बचाउन उनको परिवार र अस्पतालका चिकित्सकले अनेक प्रयास गरेपनि सफल हुन सकेन । तर, म अहिले पनि यही सोचिरहेको छु । कान्ति आईपुग्दा भेन्टिलेटर पाएको भए सायद उनी बाँच्न सक्थिन कि ? यस्तो मैले मात्रै होईन, उनको परिवार र त्यहकका देख्ने धेरैको मनमा पनि खेलेको छ । किनकी त्यतीबेला सुई लगाउँदा रोक्ने र बाटोमा लगाएर ल्याएको अक्सिजन माक्स आफै तान्ने अवस्थामा मैले देखेकी उनी । कान्तिमा १ घण्टा अक्सिजनबिना होल्ड भएर फर्काईदकका निस्पट बनेकी थिईन ।’

सुवेदीले कान्ति बाल अस्पतालको त्यो दानवीय ब्यवहारको आक्रोश अझै रहेको बताउनु भएको छ ।

‘स्वभाविक रूपमा त्यसको प्रत्यक्षदर्शीका हिसाबले मेरो मनमा आक्रोश अझै छ । त्यसमाथि ठिक यतिबेला एउटा निम्न आर्थिक अवस्थाको परिवारमा ७ बर्षकी छोरी गुमाउनुको पीडा मात्रै छैन । सरकारी अस्पतालले फर्काईदिएपछि बाध्यताले निजीमा उपचार गर्नुपर्दा थप ८ लाख ऋण समेत बोक्नुपरेको छ । जुन पहुँचवाला हुनेखानेका लागि केही नहोला । तर, बागलुगको बिकट निसिखोलाका न्युन आर्थिक अवस्थाको परिवारका लागि पीडामाथिको यो ऋण अर्को भारी हो । नानीलाई निको बनाएर फर्काउने मेरो चाहाना पुरा हुन सकेन ।’

कान्ति बाल अस्पतालको या हदसम्मको आपत्तिजनक हर्कत बाहिर आउँदा पनि उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सामान्य चासोसमेत दिनुभएको छैन । मन्त्री यावदले यो घटना थाह नपाएकै जसरी टार्नुभएको घटनाक्रमले देखाएको हो । मन्त्री यादवको यो शैलीले उहाँलाई मानवता हराएको मन्त्रीको संज्ञा मिदन थालिएको छ ।