जनता टाइम्स

१२ चैत्र २०८०, सोमबार १६:२१

माधव नेपाल नै फर्कन्छन भन्दै एमालेमा समाहित भए नेकपा एसका दर्जनौं नेता-कार्यकर्ता


सल्यान, चैत १२ । नेकपा एकीकृत समाजवादीका प्रभावशाली नेताहरु नेकपा एमालेमा फर्किएका छन । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शरणमा आइपुगेको र अव सो पार्टीलाई बिश्वास गर्न नसक्ने निश्कर्षमा जनता पुगिसकेकोले आफूहरु पनि पुरानै घरमा फर्किएको नवप्रवेसी नेताहरुले बताएका छन ।

यही निश्कर्षका आधारमा सल्यानको छत्रेश्वरी गाउँपालिकामा एकीकृत समाजवादीबाट १० जना नेता कार्यकर्ता एमालेमा समाहित भएका हुन । यसरी एमालेमै समाहित हुनेमा नेताहरु भुमा विक, शेरबहादुर विक, शुकराज खत्री, शसिराम वलीलगायत हुनुहुन्छ ।

यस्तै दिपा महर, देवा विक, कली विक, खुमा विक, पार्वती विक पनि पार्टीमा समाहित हुनुभएको छ । एमाले छत्रेश्वरीका अध्यक्ष ज्ञानबहादुर खड्काका अनुसार उहाँहरुको प्रवेशसँगै पालिकाका अधिकांश नेता एमाले फर्कन लाग्नुभएको छ । भोटेचौरमा आज आयोजित कार्यक्रममा नेकपा एमाले सल्यानका सचिव ओज बहादुर बुढाथोकीले सो पार्टीका नेताहरुलाई स्वागत गर्नुभयो ।

पार्टी विभाजनपछि बनेको समूहमा केही समय रहेपनि अहिले त्यो गलत सावित भएकाले पुनः आफूले मिहेनत गरेको पार्टीमै समाहित भएको नेता उमलाल घर्तीले बताउनुभयो । ‘अवदेखि हामीहरु एमालेको झण्डामा गोलबन्द भएर एमालेका नीति, विधिलाई शिरोधार्य गरेर खटेर काम गर्नेछौँ । हामी जस्तै अन्योलमा परेका अरु साथीहरुलाई पनि एमालेमै फर्कन आह्वान गर्दछु’, घर्तीले भन्नुभयो ।

कार्यक्रममा बोल्दै एमाले जिल्ला कमिटी सचिव तथा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष बुढाथोकीले विगतमा आफूले मिहेनत र परिश्रम गरेको पार्टी एमालेलाई नै बलियो बनाउनुपर्ने भन्दै देश विकासको एकमात्र विकल्प एमाले नै भएको बताउनुभयो ।

कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य फौद बहादुर बस्नेतले सहजिकरण गरेको कार्यक्रममा एमालेका जिल्ला कमिटी, पालिका कमीटी तथा वडा कमिटीका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।