जनता टाइम्स

१२ चैत्र २०८०, सोमबार १९:०१

बशन्तकालीन सिजनमा सगरमाथा आरोहणको पहिलो अनुमति जारी


काठमाडौं, चैत १२ । पर्यटन विभागले वसन्तकालीन सिजनमा सगरमाथा हिमाल आरोहणका लागि पहिलो अनुमति दिएको छ ।

विभागका अनुसार यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथा आरोहणका लागि हिमालयन गाइडस् नेपाल ट्रेक्स एण्ड एक्पिडिसन कम्पनीबाट आठ जना सदस्यले पहिलो अनुमति लिएका छन । ‘अहिले भर्खरै सगरमाथा आरोहणको लागि पहिलो अनुमति विभागले जारी गरेको छ,’ बिभागका शाखा अधिकृत चुनबहादुर तामाङले भन्नुभयो ।

उहाँका नुसार आठ जना सदस्य रहेको यस समूह हिमालयन गाइड नेपाल ट्रेक्स एण्ड एक्पिडिसन कम्पनी अन्तर्गत हो । एभरेष्ट एक्पिडिसन स्प्रिङ –२०२४ नाम रहेको पर्वतारोही दलको नेता अमेरिकन नागरिक छुल्दिम आङ् दोर्जे शेर्पा रहनुभएको छ ।