पोखरा, चैत १३ । नेकपा (एमाले कास्कीको अध्यक्षमा तीन जनाको उम्मेदवारी कायम भएको छ । जारी अधिवेशनमा माधव बास्तोला र बैनबहादुर क्षेत्री र बिबेक त्रिपाठीले अध्यक्षमा उम्मेद्वारी दिएको निर्वाचन समितिले जनाएको छ ।
कास्की एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । आज हुने चुनावमा पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरूङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको समूहबीच नै निर्वाचनमा प्रतिस्पर्धा हुने भएको हो ।
अधिवेशनमा पृथ्वीसुब्बा समूहबाट बास्तोला र अधिकारी समुहबाट छेत्रीले उम्मेदवारी दिनुभएको हो । त्रिपाठीले भने स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । यस्तै पृथ्वीसुब्बा समुहबाट उपाध्यक्षमा शिवप्रसाद आचार्य र सचिवमा सुरेन्द्र गुरूङ उम्मेदवार बन्नु भएको छ ।
खगराज समुहबाट उपाध्यक्षमा भेषराज बराल उपाध्याय र सचिवमा दर्शन लामा उम्मेदवार बन्नुभएको छ । यस्तै उपसचिवमा उपसचिवमा खुलातर्फ गीतादेवी बिश्वकर्मा, लालबहादुर परियार र महिलातर्फ राधिका शाही योगी, संगीता सुवेदी र सन्तुदेवी सुवेदीले उम्मेदवारी दिनुभएको हो ।
उपसचिवमा पृथ्वीसुब्बा समुहबाट गीतादेवी बिश्वकर्मा र महिलामा राधिका योगी उम्मेदवार हुनुहुन्छ भने खगराज समुहबाट लालबहादुर र सन्तु सुवेदी उम्मेदवार बन्नुभएको छ । सदस्यमा पनि दुवै समुहले आफ्नो प्यानल खडा गरेको छ । पृथ्वीसुब्बा समूहबाट अध्यक्षको उम्मेदवार बनेका बास्तोला मदन भण्डारी फाउण्डेसन कास्कीका अध्यक्ष हुनुहुन्छ । बराल युवा संघको पूर्वकेन्द्रीय उपाध्यक्षसमेत हुनुहुन्छ ।
यता, क्षेत्री एमाले कास्कीका सचिव हुनुहुन्छ । क्षेत्री २०७४ को निर्वाचनबाट जिल्ला समन्वय समिति कास्कीका सभापति समेत बन्नभभएको थियो । अधिवेशनबाट एमाले कास्कीमा १ सय २० सदस्यीय जिल्ला कमिटी निर्वाचित हुनेछ । अधिवेशनमा ९ सय ३५ जना प्रतिनिधि रहेका छन ।
प्रतिक्रिया दिनुहोस्