जनता टाइम्स

१३ चैत्र २०८०, मंगलवार २०:०९

धनगढीका मेयर गोपाल हमालकी छोरी आरती भारतको गोवाबाट बेपत्ता


काठमाडौं, चैत १३ । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आरती हमाल भारतबाट बेपत्ता हुनुभएको छ ।

मेयर हमालकी जेठी छोरी आरती भारतको गोवास्थित जोरबा वाईब आस्बिन ब्रीजबाट सोमबारदेखि सम्पर्कबिहीन हुनुभएको हो । केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी छोरी आरती हिजोदेखि सम्पर्कबिहीन भएको मेयर हमालले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

मेयर हमालले गोवा बस्ने शुभचिन्तक दाजुभाई दिदीबहिनीलाई छोरीको खोजी कार्यमा सहयोग गरिदिन अनुरोधसमेत गर्नुभएको छ । मेयर हमालले आरतीको खोजी गर्न कान्छी छोरी र ज्वाईं गोवा पुग्नुभएको पनि उहाँले उल्लेख गर्नुभएको छ ।