जनता टाइम्स

१४ चैत्र २०८०, बुधबार ११:५७

सम्पर्कमा आइन मेयर हमालकी छोरी आरती


काठमाडौं, चैत १४ । भारतको गोवाबाट सोमवारदेखि सम्पर्क विहीन भएकी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी आरती सम्पर्कमा आउनु भएको छ ।

आरती भारतको गोवामा एक विदेशी किशोरीसँग रहेको र सम्पर्कमा आएको परिवारले जनाएको छ । आरतीसङ्ग फोनमा सम्पर्क भइसकेको र उनी भारतको गोवामा रहेको मेयर हमालले जानकारी दिनुभयो ।

मेयर हमालले भन्नुभएको छ, ‘सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गर्दछु । खोजी कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरू, गोवामा बस्नु हुने सहयोगी नेपाली दाजुभाई दिदिबहिनीहरू सहित सम्पूर्णमा हार्दिक धन्यवाद सहित कृतज्ञता व्यक्त गर्दछु । साथै मेरो जेठो छोरी आरती, कान्छी छोरी आर्जु र ज्वाइँ संगै भएको सम्पूर्णमा जानकारी गर्दछु ।’

आरती सम्पर्क बिहिन भएपछि मेयर हमालको कान्छी छोरी आरजु र ज्वाइँ गोवा पुग्नुभएको थियो । नगर प्रमुख हमालकी जेठी छोरी आरती सोमवारदेखि सम्पर्क विहीन हुनुभएको थियो । ओशो साधक आरती ध्यान गर्न केही महिनादेखि गोवामा बस्दै आउनु भएको थियो ।