काठमाडौं, १४ चैत । नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले सहकारी प्रकरणमा रवि लामिछानेको संलग्नता नदेखिएको बताउनुभएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितीको बैठकमा बोल्दै महानिरीक्षक कुँवरले सहकारी प्रकरणमा रवि लामिछानेको नाम आएको भए पनि अहिलेसम्म कुनै प्रमाण नदेखिएको बताउनुभएको छ ।
कुँवरले सहकरी प्रकरणको मुख्य नायक जीबी राई रहेको आफुहरुको पनि बुझाइ रहेको बताउँदै उहाँ मलेसियामा रहेको बताउनुभयो । प्रहरीले राईलाई स्वदेश ल्याउने प्रयास आफुहरुले गरिरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्