जनता टाइम्स

१४ चैत्र २०८०, बुधबार १४:३८

सहकारी प्रकरणमा मेरो नाम मात्र उल्लेख छ, अन्य संलग्नता छैन : गृहमन्त्री लामिछाने


काठमाडौं, १४ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा मेरो नाम बाहेक केहि नभएको बताउनुभएको छ । आज संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले सहकारीमा आफ्नो नाम मात्र उल्लेख रहेको तर त्यसबाहेक केहि नभएको बताउनुभएको हो । उहाँले यो विषयमा अदालतमा समेत मुद्धा दर्ता भएको आफुले सुनेको र त्यसमा आफ्नो नाम नरहेको बताउनुभयो ।

गृहमन्त्री लामिछानेले यो विषयमा जहाँ प्रश्न उठ्छ त्यहि उत्तर दिने बताउँदै आफुमाथि उठेका प्रश्नको जवाफ दिने बताउनुभएको छ । समितिमा लामिछानेले आफुले कुनै किसिमको राजनीतिक पूर्वाग्रह नराखी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले दुर्गा प्रसाईले हतियार बोकेको विषय कानुनले दिएको भन्दा बढी अधिकार दिइएको पाइएको बताउँदै यस विषयमा मन्त्रालयले अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।